अफगानिस्तानका राष्ट्रपति घानीद्वारा देशमा अस्थिरता रोक्ने अठोट

दार्चुला । अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिबान समूहले गतिविधि तीव्र पारेको भए पनि यसलाई छिट्टै रोकिने बताउनुभएको छ । अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिबान समूहले नियन्त्रणमा लिएको भन्ने समाचार आइरहेका समय उहाँले द्वन्द्वग्रस्त आफ्नो देशमा राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछु घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भन्नुभयो । सम्बोधनमा उहाँले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताउनुभएको हो । उहाँले भन्नुभयो, अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरुलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो ।

राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा तीनका नेता र अन्तर्राष्ट्रिय मित्रहरूसँग परामर्श’ सुरु गरेको र परिणाम चाँडै आउने पनि बताउनुभयो । तालिबान विद्रोहीहरुले देशका ३४ प्रान्तका १९ वटा प्रान्तीय राजधानीहरु कब्जामा लिएको दाबी गरिरहेका समयमा राष्ट्रपतिको यो भनाइ आएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?