दार्चुला । भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । भारत सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको हो । स्वतन्त्रता र मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् ।
भारतको लालकिल्लामा विशेष समारोह गर्ने गरिन्छ । यसअघि हिजो पाकिस्तानले ७५ औं स्वतन्त्रता दिवस मनाएको छ । त्यसअवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरि १४ अगस्ट अर्थात भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताउनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया