दार्चुला । प्रसारण इजाजत नै नलिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानल प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताले उद्घाटन गरेपछि सूचना विभागले छानबिन थालेको छ । मिडियामा विदेशी लगानी ऐनबाटै प्रतिबन्धित भएकोमा योगगुरु रामदेवको उपस्थितिमा पतञ्जलीका दुई च्यानल प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत सहभागी थिए । दुवै च्यानल सूचना तथा प्रसारण विभागमा दर्ता नभएको र प्रसारण अनुमतिसमेत नलिएको खुलेको छ । सूचना तथा प्रसारण विभागले एकजना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरी स्थलगत अध्ययन थालेको विभागका महानिर्देशक गोगनवहादुर हमालले जानकारी दिनुभयो ।
मण्डिखाटारमा स्थायी ठेगाना राखिएका दुवै अवैध च्यानलको कार्यालयमा गएर छानविन गरिने समितिले जनाएको छ । एउटा टोली आइतबारै स्थगलत अध्ययनमा गएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया