हिउदे बर्षाको कामना गर्दै नौगाडमा भ्यागुताको बिहे गरियो

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा हिउदे बर्षाको कामना गर्दै भ्यागुताहरुको बिहे गरिएको छ ।

लामो समयसम्म पानी नपरेमा भ्यागुताहरुको विवाह गराएमा पनी पर्छ भन्ने पुरानो विश्वासका आधारमा नौगाडको वडा नम्बर २ गोधानी खोलामा विधिविधान सहित ज्योतिष पण्डित, गाउँलेहरुको उपस्थितिमा भाले र पोथी भ्यागुताहरु खोजेर बिहे गराइएको स्थानीय नबराज ठगुन्नाले जानकारी दिनुभयो ।

यस बर्ष कार्तिकमा परेको बेमैसमी असिनापानी पछि हिउदे बर्षा नहुदा बालीनाली सुकेर नष्ट हुनुका साथै खानेपानीका मुहानहरु सुक्न थालेका छन ।

भ्यागुताहरुको विवाह गरेर बर्षाको कामना गरिएको नौगाडका स्थानीय नरेन्द्र ठगुन्नाले बताउनुभयो । वर्षा नहुदा किसानहरु उत्पादन घट्ने चिन्तामा छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?