दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा दादुरा रूवेला खोप अभियान सम्बन्धि अभिमुखिकरण गोष्ठी आयोजना गरिएको छ । शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा नगरपालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो । शैल्यशिखरमा ९ वडाका ३३ खोपकेन्द्रबाट एक हजार ५९३ जना बालबालिकाले खोप पाउने बताइएको छ ।

शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीको अध्यक्षतामा आयोजित गोष्ठीमा राष्ट्रिय खोप कार्यक्रमको उद्वेश्य, उपलब्धि र चुनौतीबारे स्वास्थ्य शाखा प्रमुख शिवदत्त जोशीले जानकारी दिनुभएको थियोे । दादुरा रूवेला खोपको कभरेज, महामारीको अवस्था, नियन्त्रणका उपाय र खोप अभियानबारे कार्यक्रममा अभिमुखिकरण गरिएको छ । सन् २०२६ सालसम्म दादुरा रूवेला खोप नियन्त्रण गरिसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । दार्चुलासहित ५१ जिल्लामा पाँच वर्षमुनिका बालबालिकालाई र बढी जोखिम भएका बाकी २६ जिल्लामा १५ वर्षमुनिका बालबालिकालाई दादुरा रूवेला विरूद्वको खोप लगाइदैछ । शैल्यशिखरमा फागुन १३ गतेदेखि १६ गतेसम्म दादुरा रूवेला विरूद्वको खोप अभियान सञ्चालन हुने भएकोले पाँच वर्षमुनिका बालबालिकालाई नजिकैको खोप केन्द्रमा खोप सञ्चालन हुने दिन अनिवार्य खोप लगाउन अनुरोध गरिएको छ ।

फागुन ९ गते आज सम्पन्न अभिमुखिकरण गोष्ठीमा नगरप्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत,  प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, स्वास्थ्य शाखा प्रमुख शिवदत्त जोशी लगायत जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । दादुरा रूवेला रोग १ जनाबाट १८ जनालाई संक्रमण गर्न सक्ने भएकोले महामारीबाट बच्न अनिवार्य खोप लगाउन अनुरोध गरिएको छ ।

नेपालमा हाल १३ रोगबाट बचाउन मासिक खोप अभियान नियमित रूपमा सञ्चालन हुँदै आएको छ । शैल्यशिखरमा ३३ खोप केन्द्रबाट नियमित खोप दिने गरिएको छ । हालसम्म ७२ जिल्लाका ७३३ स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् । खोप नि:शुल्क पाइन्छ, सुरक्षित छ र खोपले जीवन रक्षा गर्छ, त्यसैले अनिवार्य खोप लगाउन अनुरोध गरिएको स्वास्थ्य शाखाले जनाएको

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?