दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ ले एम्बुलेन्स खरिद गर्न बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा कार्यन्वयन हुने गरि नगरपालिकाबाट वडालाई प्राप्त भएको बजेट सिलिङबाट एम्बुलेन्स खरिदका लागि २० लाख बजेट विनियोजन गरेको वडाअध्यक्ष भरत बहादुर खडायतले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा कार्यान्वयन हुने गरी एम्बुलेन्स खरिद बाहेक अन्य १२ वटा योजना तथा कार्यक्रममा समेत बजेट विनियोजन गरिएको वडाअध्यक्ष खडायतले बताउनुभयो । शैल्यशिखर नगरपालिकाबाट वडा नम्बर १ लाई ४२ लाख बजेट सिलिङ उपलब्ध भएकोमा एम्बुलेन्स खरिद र अन्य योजनामा बजेट विनियोजन गर्ने निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?