दार्चुला । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि कात्तिक २ गते शुक्रवार र पर्सि ३ गते शनिवार देशैभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ ।
राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो । दार्चुलामा पनी खोप अभियान भोलीबाट सञ्चालन हुने छ । दार्चुलामा यस वर्ष भिटामिन ए खाने बालबालिकाको संख्या १० हजार २५२ जना र जुकाको औषधी खाने बालबालिकाको संख्या ११ हजार ५१२ जना रहेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र भट्टले जानकारी दिनुभयो ।
मन्त्रालयले १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि आग्रह गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




