दार्चुला । जिल्ला अस्पताल दार्चुलामा बालरोग विशेषज्ञ डाक्टर नहुँदा बिरामी बालबालिकाको उपचारमा समस्या भएको छ ।
जिल्ला अस्पतालमा विगत दुई वर्षदेखि बालरोग विषेशज्ञ डाक्टर नहुदा उपचारका लागि आईपुग्ने बिरामी बालबालिकाहरुलाई समस्या भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनुभयो ।
अस्पतालमा मेडिकल अधिकृतहरु भए पनि बाल विशेषज्ञ डाक्टर नहुँदा बालबालिकाहरुको उपचार तथा चेकजाँचमा समस्या भएको उहाले बताउनुभयो ।
गत वर्ष दुई पटक र यस वर्ष पनी सूचना प्रकाशित गर्दा पनि कुनै डाक्टर पनी सम्पर्कमा नआएको उहाले बताउनुभयो । यसअघि जिल्लामा बालरोग विशेषज्ञको रुपमा अच्युत पौडेल कार्यरत रहेका थिए ।
अस्पतालमा बालरोग बिषेशज्ञ डाक्टर नहुदा बिरामी बालबालिकालाई अन्य डाक्टरहरुबाटै चेकजाचँ गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । जटिल समस्या भएका बिरामीलाई विशेषज्ञ चिकित्सक नहुदा रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




