दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पिएनसी होम भिजिट कार्यक्रमको समिक्षा तथा अभिमुखीकरण गोष्ठी आयोजना गरिएको छ । लेकम गाउँपालिकाको सभाहलमा शुक्रबार (आज) गोष्ठी उद्घाटन भएको हो ।
कार्यक्रमबारे जानकारी गराउदै लेकम गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सीता गुरूङले सामाजिक, सांस्कृतिक, आर्थिक, भगौलिक लगायत विभिन्न कारणले गर्भवती र सुत्केरी महिलाको नियमित स्वास्थ्य जाँच नहुने गरेको बताउनुभयो । आमा र नवजात शिशुको स्वास्थ्य जाँच गराइ नव शिशु मृत्युुदर कम गर्ने उद्देश्यले कार्यक्रम गरिएको उहाँको भनाइ छ । लेकम गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा विभिन्न काम गर्दै आएको उहाँले बताउनुभयो ।
लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, वडाअध्यक्षहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीसहित कर्मचारीहरू, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको उद्घाटन सत्र समापन गर्दै गाउँपालिका अध्यक्ष जोशीले बाल मृत्युदर घटाउन सबैले सजक र सचेत हुनुपर्ने धारणा राख्नुभयो ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।