दार्चुलामा पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीसंग अन्तरक्रिया सम्पन्न

दार्चुला । दार्चुलामा पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा दार्चुला सदरमुकाम खलंगामा पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला स्तरबाट स्वास्थ्यको क्षेत्रमा सञ्चालित कार्यक्रमको बारेमा स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र भट्टले जानकारी गराउनुभएको थियो । स्वास्थ्य परीक्षण, स्वास्थ्य उपचार, विभिन्न रोग न्यूनीकरणका प्रयास, दार्चुलामा देखिएको स्वास्थ्य समस्या, जटिल रोगका बिरामीको विवरण, नियमित गर्भजाँच र संस्थागत सुत्केरीको अवस्था लगायतको बारेमा अन्तरक्रियामा सहभागीहरूलाई स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी गराउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूले स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न स्वास्थ्य कार्यालयले पुर्वतयारी गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । पत्रकार महासंघ दार्चुलाका प्रमुख राजेन्द्र सिंह धामीले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै पत्रकार र स्वास्थ्य कार्यालयबिच थप समन्वय हुनुपर्ने धारणा राख्नुभयो । अन्तरक्रिया कार्यक्रममा दार्चुलामा क्रियाशील अधिकांश पत्रकारहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?