दार्चुला । दार्चुलाको गोकुलेश्वरमा सञ्चालन भएको निशुल्क आँखा शिविरबाट ५ सय २३ जनाले सेवा लिएका छन् ।

माघ ४ गते देखि ६ गते सम्म शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा गेटा आँखा अस्पताल र शैल्यशिखर नगरपालिकाको आयोजनामा सञ्चालन भएको आँखा शिविरबाट ५२३ जनाले सेवा लिएको शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जन स्वास्थ्य निरीक्षक शिवदत्त जोशीले जानकारी दिनुभयो ।

शिविरबाट २ सय ६३ जना महिला र २ सय ६० जना पुरुष गरि ५ सय २३ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै शिविरमा १ सय ५ जनाको आँखाको शैल्यक्रिया गरिएको जन स्वास्थ्य निरीक्षक जोशीले बताउनुभयो । ४३ जना महिला र ६३ जना पुरुष गरि कुल १ सय ५ जनाको मोतिबिन्दुकोे शैल्यक्रिया गरेकोे उहाँले जानकारी दिनुभयो ।

शिविरमा डाक्टर सुजाता भण्डारीको टिमल आँखाका समस्या भएका बिरामीहरुको शैल्यक्रिया र चेकजाँच गर्नुभएको थियो । शिविर व्यवस्थापनको लागी गोकुलेश्वर माध्यमिक विद्यालयले १० जना स्वयम सेवक उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै दार्चुलाकै महाकाली नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालय खलंगामा पनि माघ ८ गतेदेखि माघ १० गतेसम्म शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ । आँखा शिविरमा मोतिबिन्दुको उपचार, आँखाका रोगीहरुको निशुल्क शल्यक्रिया तथा निशुल्क औषधी वितरण गर्नुको साथै चस्माको आवश्यकता भएकाहरुका लागि सुपथ मूल्यमा चस्मासमेत उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?