दार्चुला । यही माघ २२ गतेदेखि देशव्यापी रुपमा सञ्चालन हुने एचपिभी खोप अभियानको अन्तरगत दार्चुलामा पनि तयारी तीव्र पारिएको छ ।

एचपिभी खोप अभियानको तयारी स्वरुप पहिलो चरणमा जिल्ला भरि रहेको स्वास्थ्य संस्था र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई प्रशिक्षण दिइएको छ। माघ ४ गते देखि सञ्चालन भएको प्रशिक्षण कार्यक्रम शुक्रबार (आज) सम्पन्न भएको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख बिरेन्द्र राज भट्टले जानकारी दिनुभयो  प्रशिक्षण कार्यक्रममा जिल्ला भरि रहेका स्वास्थ्य संस्थाका प्रमुख र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख गरि १ सय २५ जनाको सहभागीता रहेको थियो ।

यस पछि माघ २० गतेभित्र खोप दिने कार्यमा संलग्न हुने सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र विद्यालयका शिक्षिकाहरुलाई तालिम दिइ सक्ने कार्ययोजना रहेको भट्टले बताउनुभयो ।

पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने एचपीभी खोप अभियानका लागि तीव्र रुपमा तयारी भइरहेको कार्यालय प्रमुख भट्टले बताउनुभयो ।

दार्चुलामा कक्षा ६ देखि १० सम्म अध्ययनरत ७ हजार २ सय ३५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिने तयारी रहेको उहाँले बताउनुभयो । त्यस्तै २९ जना विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालयको तथ्याङ् रहेको छ ।

खोप अभियानका लागि कक्षा ६ देखि १० सम्म पढाई हुने १ सय २४ ओटा विद्यालय र १ सय ४ वडा संस्थागत खोप केन्द्र गरि २ सय २८ वटा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

माघ २२ देखि माघ २८ गतेसम्म खोप अभियान सञ्चालन हुने छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?