दार्चुला । आज ७२ औं विश्व कुष्ठरोग दिवस ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने नाराका साथ दार्चुलामा पनी मनाइएको छ । जिल्लामा यस वर्ष थप एक जनामा कुष्ठरोग पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार दार्चुलामा गत वर्ष कुष्ठरोगीको संख्या २ जना रहेकोमा यस वर्ष १ जना थप भएर ३ जना पुगेका छन् । जिल्लाको नौगाड गाउँपालिकामा २ जना महिला तथा मार्मामा एक जना पुरुष गरी यस वर्षको हालसम्म ३ जनामा कुष्ठरोग देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख बिरेन्द्र प्रशाद भट्टले जानकारी दिनुभयो । नेपालमा कुष्ठरोगका बिरामी घट्दै गएको तथ्याङ्कले देखाएको छ । कुष्ठरोगीहरू खुल्न डराउदा समेत उपचारमा समस्या हुने गरेको छ ।

सङ्ख्या घट्दै गएपछि नेपाल कुष्ठरोगमुक्त नजिक पुगेको छ ।नेपालमा सन् २०१९ को तुलनामा सन् २०२४ मा नयाँ बिरामीको सङ्ख्यामा २५ प्रतिशत र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा झन्डै ५० प्रतिशतले घटेकोे विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रतिनिधि डा. राजेश पाण्डवले आज निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा निवारण गरिएको घोषणा गरिएको थियो । त्यसपछि नयाँ बिरामीको सङ्ख्या हरेक वर्ष लगातार घटिरहेको छ । उहाँले लगातार पाँच वर्षदेखि ७० प्रतिशतभन्दा धेरै पालिकाले बालबालिकामा कुष्ठरोगको सङ्क्रमण शून्य रहेको प्रतिवेदन पेश गरेका बताउनुभयो । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार ७७ जिल्लामध्ये झापा, महोत्तरी, सिरहा, रौतहट, कपिलवस्तु, बाँकेलगायत १८ वटा जिल्ला अझै पनि उच्च जोखिममा रहेका छन् ।

शरीरमा छुँदा थाहा नपाउनु, रातो वा फुस्रो रङको दाग देखिनु, अनुहार वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखा पर्नु, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो हुनु, नशा सुन्निनु वा दुख्नु तथा झमझम गर्नु, आँखा चिम्लिँदा पूरै बन्द नहुनु, आँखीभौँ झर्नु वा पातलो हुनु, हल्केलाको मासंपेशी सुकेर जानुजस्ता कुष्ठरोगका लक्षण हुन् । यस्तै हातगोडाका औँला बाङ्गा हुनु र कमजोर हुँदै जानु, हातगोडा पोल्नु, निदाएको जस्तो हुनु वा झमझम गरिराख्नु पनि कुष्ठरोगका लक्षण हुन् ।

कुष्ठरोगको उपचारमा लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना तथा विभेदको अन्त्य गर्न जरुरी स्वाथ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?