दार्चुला । “क्षयरोग मुक्त मालिकार्जुन” अभियानअन्तर्गत मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ मा क्षयरोग परीक्षण शिविर सम्पन्न भएको छ। गाउँपालिकाको वडा नम्बर ५ मा रहेको डाँडाकोट स्वास्थ्य चौकीमा निःशुल्क क्षयरोग परिक्षण शिविर सम्पन्न भएको हो।

स्वास्थ्य निर्देसनालय, डोटी र स्वास्थ्य कार्यालय दार्चुलाको प्राविधिक सहयोग एव मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार गाउँपालिकाको वडा नम्बर २ बाट सुरु गरिएको कार्यक्रम आज गाउँपालिकाको वडा नम्बर ५ मा सञ्चालन गरिएको क्षयरोगमुक्त अभियानका गाउँपालिका संयोजक माधव सिह धामीले जानकारी दिनुभयो ।

“क्षयरोग मुक्त मालिकार्जुन” अभियानअन्तर्गत अत्याधुनिक प्रविधिको प्रयोग गरि एआई प्रविधिबाट छातिको एक्सरे संगै खकार संकलन गरिएको उहाँले जानकारी दिनुभयो । डाँडाकोटमा सञ्चालन भएको नि:शुल्क शिविरबाट ७८ जना महिला र ३१ जना पुरुष गरि कुल १ सय ९ जना स्थानीयहरुको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य चौकी प्रमुख महेश राम पार्कीले बताउनुभयो ।

परीक्षण गरिएका मध्ये १८ जनाको खकार संकलन गरिएको छ। संकलन गरिएको खकारको नमुनालाई परीक्षणको लागि जिल्ला अस्पताल दार्चुलामा पठाइएको छ । सोमबार गाउँपालिकाको वडा नम्बर २ मा सञ्चालन भएको शिविरमा २ सय ७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

बुधबार भोलि गाउँपालिकाको वडा नम्बर ३ मा रहेको मालिकार्जुन स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने संयोक धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?