दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा सञ्चालन भएको निःशुल्क क्षयरोग परीक्षण शिविर सम्पन्न भएको छ।

क्षयरोग मुक्त मालिकार्जुन अभियान अन्तरगत स्वास्थ्य निर्देशनालय डोटी र जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको प्राविधिक सहयोगमा मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको निःशुल्क क्षयरोग परीक्षण शिविर सम्पन्न भएको हो।

गाउँपालिकाका वडा नम्बर २, ३ र ५ मा शिविर सञ्चालन गरिएको क्षयरोग मुक्त मालिकार्जुुनका संयोजक माधव सिंह धामीले जानकारी दिनुभयो । सोमवार गाउँपालिकाको वडा नम्बर २ बाट सुरु भएको शिविर आज गाउँपालिकाको वडा नम्बर ३ मा सञ्चालन गरिएको थियो ।

वडा नम्बर ३ मा सञ्चाल भएको शिविरमा ९० जना पुरुष र १ सय ८४ जना महिला गरि कुल २ सय ७४ जनाले सेवा लिएको उहाँले बताउनुभयो । शिविरबाट गाउँपालिकाका तिनओटै वडाहरुमा गरि ५ सय ९० जनाले सेवा लिएको संयोजक धामीले जानकारी दिनुभयो ।

जस अन्तरगत गाउँपाकिाको वडा नम्बर २ मा २०७ जनाले सेवा लिएका थिए । त्यस्तै वडा नम्बर ५ डाडाँकोटमा ७८ जना महिला र ३१ जना पुरुष गरि कुल १ सय ९ जना स्थानीयहरुको स्वास्थ्य परीक्षण गरिएको संयोजक धामीले जानकारी दिनुभयो ।

“क्षयरोग मुक्त मालिकार्जुन” अभियानअन्तर्गत अत्याधुनिक प्रविधिको प्रयोग गरि एआई प्रविधिबाट छातिको एक्सरे संगै खकार संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?