बैतडीमा निःशुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने

दार्चुला । बैतडीमा निः शुल्क एकीकृत परिवार नियोजन शिविर सञ्चालन हुने भएको छ।

शिविर यही फागुन ११ गतेदेखी सञ्चालन हुने छ। जिल्लाका सबै स्थानिय तहहरुमा फागुन २७ गतेसम्म शिविर सञ्चालन हुन लागेको हो। सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालयले जिल्लाभरी शिविरको आयोजना गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले जानकारी दिनुभयो। सबै स्थानिय तहहरुका विभिन्न स्वास्थ्यचौकीहरुमा शिविर सञ्चालन हुने उँहाले बताउनुभयो ।

सन्तानको रहर पुगिसकेका दम्पतीहरुका लागि स्थायी बन्ध्याकरण र लामो समयसम्म काम गर्ने अस्थायी परिवार नियोजनका साधनहरु निः शुल्क रुपमा राखको लागि शिविरको आयोजना गरिन लागेको उहाँले बताउनुभयो। शिविरमा महिलाहरुको स्थायी बन्ध्याकरण मिनिल्याप र पुरुषहरुको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिने बताईएको छ।

त्यस्तै शिविरमा ५ बर्षका लागि इम्प्लान्ट र १० बर्षका लागि आइयुसीडी समेत राखिने जनाईएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?