दार्चुलाको मार्मा र नौगाडमा निःशुल्क परिवार नियोजन शिविर सम्पन्न १४ जनाले लिए सेवा

दार्चुला । दार्चुलाका दुइ स्थानीय तहमा निःशुल्क परिवार नियोजन सम्बन्धि स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना तथा नेपाल परिवार नियोजन सघं बैतडी शाखाको सहकार्यमा निःशुल्क परिवार नियोजन शिविर सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख बिरेन्द्र भट्टले जानकारी दिनुभयो ।

आईतवार (हिजो) जिल्लाको मार्मा गाउँपालिकामा सम्पन्न शिविरबाट एक जना महिला तथा २ जना पुरुष गरी ३ जनाको स्थायी बन्ध्याकरण गरिएको छ । त्यस्तै आज नौगाडको नौगाड आधारभूत अस्पतालमा ६ जना महिला तथा ५ जना पुरुष गरी कुल ११ जनाले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका क्षयकृष्ट निरीक्षक देबराज जोशीले जानकारी दिनुभयो ।

शिविरमा नेपाल परिवार नियोजन संघबाट डाक्टर एमबहादुर बस्नेतकोे टोलीले सेवा दिइरहेको उहाँले बताउनुभयो । त्यस्तै भोली शैल्यशिखरको गोकुलेश्वरमा शिविर सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?