गोकुलेश्वरमा निःशुल्क परिवार नियोजन शिविर सम्पन्न, १३ जनाले लिए सेवा

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा नि:शुल्क परिवार नियोजन शिविर सम्पन्न भएको छ ।

स्वास्थ कार्यालय दार्चुलाको आयोजना तथा नेपाल परिवार नियोजन सघं बैतडी शाखाको सहकार्यमा निःशुल्क परिवार नियोजन शिविर सम्पन्न भएको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख बिरेन्द्र भट्टले जानकारी दिनुभयो ।मंगलवार (हिजो) गोकुलेश्वरमा सम्पन्न शिविरमा ४ जना पुरुष र ९ जना महिला गरी कुल १३ जनाको स्थायी बन्ध्याकरण गरिएको बताइएको छ ।

यस्तै आज मालिकार्जुन गाउँपालिकाको पस्ती आधारभूत अस्पतालमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलकाका क्षयकुष्ठ निरीक्षक देवराज जोशीले जानकारी दिनुभयो । हालसम्म जिल्लाको मार्मा, नौगाड र शैल्यशिखर नगरपालिकामा शिविर सम्पन्न भएको उहाँले बताउनुभयो ।

त्यस्तै फागुन २३ गते ब्याँस गाउँपालिकाको हुती स्वास्थ्य चौकीमा र २५ गते जिल्ला अस्पताल दार्चुलामा शिविर सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?