दार्चुला  ।  दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मा पस्तीमा सञ्चालन भएको निःशुल्क परिवार नियोजन शिविर बाट १७ जनाले सेवा लिएका छन ।

स्वास्थ कार्यालय दार्चुलाको आयोजना तथा नेपाल परिवार नियोजन सघं बैतडी शाखाको सहकार्यमा जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको शिविर बुधबार  मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ मा सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका क्षय कुष्ठ सुपरभाइजर निरीक्षक देवराज जोशीले जानकारी दिनुभयो   शिविरबाट १७ जना महिलाको स्थायी बन्ध्याकरण गरिएको उहाँले बताउनुभयो ।

यस अघि जिल्लाको शैल्यशिखर नगरपालिका ,मार्मा गाउँपालिका र नौगाड गाउँपालिकामा शिविर सम्पन्न भएको उहाँले बताउनुभयो ।

त्यस्तै फागुन २३ गते ब्याँस गाउँपालिकाको हुती स्वास्थ्य चौकीमा र २५ गते जिल्ला अस्पताल दार्चुलामा शिविर सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?