दार्चुला । दार्चुलाका ६ वटा स्थानीय तहमा निःशुल्क परिवार नियोजन शिविर सम्पन्न भएको छ ।

फागुन १८ गतेबाट सुरु भएको शिविर फागुन २५ गते (हिजो)  सम्पन्न भएको हो । जिल्लाका ६ वटा स्थानीय तहमा सञ्चालन भएको निःशुल्क परिवार नियोजन शिविरबाट ५७ जना महिला र १८ जना पुरुष गरि जम्मा ७५ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार फागुन १८ गते जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरबाट २ जना पुरुष र ३ जना महिला गरि ५ जनाले सेवा लिएका थिए । त्यस्तै १९ गते नौगाड गाउँपालिकाको नौगाड आधारभूत अस्पतालमा सम्पन्न शिविरबाट ५ जना पुरुष र ६ जना महिला गरि ११ जना, २० गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा सम्पन्न शिविरबाट ४ जना पुरुष र ९ जना महिला गरि १३ जनाले सेवा लिएको उहाँले बताउनुभयो ।

त्यस्तै फागुन २२ गते मालिकार्जुन गाउँपालिकाको पस्ती आधारभुत अस्पतालमा सम्पन्न शिविरबाट १७ जना महिला, २३ गते ब्याँस गाउँपालिकाको हुती स्वास्थ्य चौकीबाट ६ जना पुरुष र ११ जना महिला गरि १७ जना तथा फागुन २५ गते (हिजो)  जिल्ला अस्पताल दार्चुलामा सम्पन्न शिविरबाट १ जना पुरुष र १३ जना महिला गरि १४ जनाले सेवा लिएका छन् ।

स्वास्थ कार्यालय दार्चुलाको आयोजना तथा नेपाल परिवार नियोजन सघं बैतडी शाखाको सहकार्यमा जिल्लाका ६ वटा स्थानीय तहमा सम्पन्न शिविरबाट १८ जना पुरुष तथा ५७ जना महिला गरि कुल ७५ जनाले सेवा लिएको बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?