दार्चुला । दार्चुलाको एक स्वास्थ्य चौकीलाई ज्योती विकास बैकको आर्थिक तथा राष्ट्रिय आविस्कार केन्द्रको प्राविधिक सहयोगमा लाखौँ मुल्य पर्ने स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

जिल्लाको लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित सर्मोली स्वास्थ्य चौकी गराडीलाई मंगलवार (आज) एक कार्यक्रमका बिच वेवी वारमर (न्यानो वेवी) नामक लाखौँ मुल्य बराबरको उपकरण, मुटुको धडकन जाँच गर्ने पल्स अक्सिमिटर र एक थान थर्मोमिटर सर्मोली स्वास्थ्य चौकीलाई हस्तान्तर गरिएको स्वास्थ्य चौकी प्रमुख दिपक राज पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार वेवी वारमर नामक उपकरणले बच्चा जन्मिदा कम तौल भएको, हाइपोथर्मिया जस्ता समस्या भएका शिशु हरुलाई राख्न मद्धत पुग्ने, मुटुको धडकन जाँच गर्न प्रयोग गरिने पल्स अक्सिमिटर र तापक्रम पत्ता लगाउने थर्मोमिटर हस्तान्तर गरिएको हो ।

आज एक कार्यक्रमका बिच ज्योती विकास बैक र राष्ट्रिय आविष्कार केन्द्रको टोलीले उपकरणबारे प्रशिक्षण पछि स्वास्थ्य चौकीलाई उपकरण हस्तान्तरण गरेको उहाँले बताउनुभयो । लाखौँ मुल्यका उक्त उपकरणहरु स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेकोमा स्वास्थ्य चौकीले ज्योती विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रलाई धन्यवाद ज्ञापन गरेको छ ।

 

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?