जिल्ला अस्पताल बैतडीमा प्रसूति सेवा पुनः सञ्चालन

दार्चुला । जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ। विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो।

जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको बताउनुभयो। विशेषज्ञ चिकित्सक आएसँगै महिलालाई उपचारका लागि सहज भएको छ। यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए। अब उक्त बाध्यताको पनि अन्त्य भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा. यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो। यस्तै, नयाँ मेडिकल अधिकृतका रूपमा डा. निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर भएका छन्। ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।

जिल्ला अस्पतालमा अहिले दुई विशेषज्ञ, एक दन्तरोग विशेषज्ञ र ६ स्वास्थ्य अधिकृतसहित नौ चिकित्सक कार्यरत छन्। पछिल्लो समय अस्पतालले सेवा विस्तारमा जोड दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?