दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ मा रहेको सुन्सेरा स्वास्थ्य चौकीमा नसर्ने रोगहरुको परीक्षण( ‘स्क्रीनिङ’) शिविर सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा बुधवार (आज) सञ्चालन भएको शिविरबाट १ सय ९५ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय दार्चुलाका ल्याव टेक्निसियन कासि फर्सवानले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो समय नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले नसर्ने रोगहरुको परीक्षण शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
स्वास्थ्य कार्यालय दार्चुलाको चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अन्तरगत स्वस्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो । शिविरमा सहभागी भएका १ सय ९५ जनाको रक्तचाप, मधुमेह, तौल तथा उचाई, रगतमा बोसोको मात्रा, दम र श्वासप्रश्वास परीक्षण गरि स्वाथ्यकर्मीले परामर्श दिएको ल्याव टेक्निसियन फर्सवानले जानकारी दिनुभयो ।

शिविरमा सहभागी मध्ये १ सय ९५ जनाको सुगर र ब्लड प्रेसर परीक्षण गरिएको उहाँले बताउनुभयो । त्यस्तै १८ जनाको रगतमा बोसो जमेको समस्याको परीक्षण, ८ जनाको पिसावमा समस्या र पिसावबाट मिर्गैला परीक्षण गरिएको उहाँले बताउनुभयो । परीक्षण गरिएकाहरुमा सुगर, ब्लड प्रेसरको समस्या भएका बिरामी भेटिएको उहाँले बताउनुभयो ।

विहिबार ( भोली) जिल्लाको दुँहु गाउँपालिकाको धारी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने छ । कार्यक्रमले नसर्ने रोग पहिचान र न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टको भनाई छ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?