मालिकार्जुन अस्पतालद्धारा आगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा अवस्थित मालिकार्जुन अस्पताल प्रालीले नगरपालिकाको वडा नम्बर ५ को मालिकार्जुन माध्यमिक विद्यालय आगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

मालिकार्जुन अस्पताल प्रालीद्धारा सञ्चालित विद्यालय स्वास्थ्य कार्यक्रम अन्र्तरगत मालिकार्जुन माध्यमिक विद्यालय आगरका विद्यार्थी तथा स्थानीयहरु गरी कुल १८७ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी बितरण गरिएको मालिकार्जुन अस्पतालका म्यानेजर राम दत्त बिष्टले जानकारी दिनुभयो ।

शिविरमा २९ जनाको टाइफाइड परीक्षण गरिएको थियो । त्यस्तै ४१ जनाको मलेरिया परीक्षण, २५ जनाको कालाजार परीक्षण, ६७ जनाको ट्रोपोलीन आई परीक्षण, ३८ जनाको एचआइभी परीक्षण गरिएको म्यानेजर बिष्टले बताउनुभयो ।

त्यस्तै १५ जनाको भिआइडिआरएल परीक्षण, १२५ जनाको रक्त समूह जाँच तथा १५ जनाको सुगर परीक्षण गरिएको छ । परीक्षण गरिएकाहरुमध्ये १५ जनामा उच्च रक्तचाप र ७ जनामा सुगरको समस्या देखिएको अस्पतालले जनाएको छ । स्वास्थ्य सम्बन्धि सचेतना र उपचारमार्फत समाजलाई सबल र सक्षम तथा निरोगी बनाउने उद्धेश्यले शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जनक सिंह डागाको प्रमुख आतिथ्यता रहेको शिविरमा मालिकार्जुन अस्पतालका स्वाथ्यकर्मीको टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?