दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ मा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको ‘स्क्रीनिङ’शिविर सम्पन्न भएको छ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ४ को रानिशिखर स्वास्थ्य चौकीमा मंगलबार (हिजो) शिविर सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत शिवदत्त जोशीले जानकारी दिनुभयो । उक्त शिविरमा ४४ जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गरिएकोमा एक जनामा भिआइए पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

साथै शिविरमा महिलाहरुमा हुने प्रजनन सम्बन्धी समस्याको जांच, उपचार तथा परार्मश सेवा समेत प्रदान गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले दुर्गम क्षेत्रमा रोग पालेर बसेका नागरिकको स्वास्थ्य उपचारको लागि शिविरको आयोजना गरेको उहाँको भनाई छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?