दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाभित्रका स्वास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्ड (एचपीएमएसएस) गरिदै छ ।

नगरपालिकाभित्रका ८ वटा स्वास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्डहरुको स्कोरिङ भइरहेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत शिवराज जोशीले जानकारी दिनुभयो ।जसअन्र्तरगत चैत्र १९ गते वडा नम्बर ४ को रानीशिखर स्वास्थ्य चौकीको न्यूनतम सेवा स्कोरिङ गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै २१ गते आज वडा नम्बर ५ ओखडानी आधारभूत स्वास्थ्य केन्द्रमा स्कोरिङ कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।स्कोरिङ कार्यक्रममा स्वास्थ्य संस्थाले स्वमूल्याकन गर्ने र पालिकाले अनुगमन गरि प्रमाणिकरण गर्ने गरिएको छ ।कार्यक्रमबाट सुशासन, सेवा प्रवाहमा संस्थाको क्षमता, हालको अवस्था र व्यवस्थापकिय सहयोगको मापन गर्ने गरिएको बताइएको छ ।

शैल्यशिखर नगरपालिकाको तर्फबाट जनस्वास्थ्य अधिकृत शिवदत्त जोशी र जनस्वास्थ्य निरीक्षक चक्र सिंह कार्कीले स्वास्थ्य चौकीहरुको न्यूनतम सेवा मापन गरिरहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?