दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकाँडामा अवस्थित बोहरीगाउँ स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य परीक्षण शिविर सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा बैशाख ५ र ६ गते बोहरीगाउँ स्वास्थ्य चौकीमा सञ्चालन हुने प्रजनन स्वास्थ्य परीक्षण शिविर सम्बन्धि स्वास्थ्यकमीैहरुलाई अभिमुखिकरण दिइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका क्षयकृष्ट सुपरभाइजर देब दत्त जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा जल्ला स्वास्थ्य कार्यालय दार्चुलाका क्षयकृष्ट सुपरभाइजर देब दत्त जोशी, शैल्यशिखर नगरपालिकाका सि.अ.न.मी मिना सापकोटा लगायतको उपस्थिति रहेको थियो । त्यस्तै बैशाख ७ र ८ गते लेकम गाउँपालिकाको खरकडामा पनी महिलाहरुको प्रजनन स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?