दार्चुला । दार्चुलासहित देशभरका बालबालिकालाई आगामी शनिवार र आइतवार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ ।

६ महिना देखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ बर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

जिल्लाभरी १३ हजार ९४० जना बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खाने बालबालिका रहेको उहाँले बताउनुभयो । यस मध्ये ८ हजार १९५ जना बालबालिकालाई जुकाको औषधि र ९ हजार ३१४ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईने छ ।

स्थानीयतह अनुसार जिल्लाको महाकाली नगरपालिकामा १ हजार ५ सय ४७ जना बालबालिकाई जुकाको औषधि र १ हजार ७ सय ५८ जनालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

त्यस्तै शैल्यशिखर नगरपालिकामा १ हजार ३ सय ४६ हजालाई जुकाको औषधि र १ हजार ५ सय ३१ जना भिटामिन ‘ए’, मालिकार्जुन गाउँपालिकमा ९ सय ७० जनालाई जुकाको औषधि र १ हजार १ सय २ जना भिटामिन ‘ए’ खाने बालिबालिका रहेका छन् ।

नौगाड गाउँपालिका ९ सय ५६ जना जुकाको औषधि र १ हजार ८६ जना भिटामिन ‘ए’, मार्मा गाउँपालिकामा ९ सय ४१ जना जुकाको औषधि र १ हजार ७० जना भिटामिन ‘ए, लेकम गाउँपालिकामा ८ सय ३३ जना जुकाको औषधि र ९ सय ४६ जना भिटामिन ‘ए’ खाने बालिकाबालिका रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

दुहुँ गाउँपालिकामा ५ सय ९४ जना जुकाको औषधि र ६ सय ७४ जना भिटामिन ‘ए’, व्याँस गाउँपालिकामा ५ सय ८७ जना जुकाको औषधि र ६ सय ६८ जना भिटामिन ‘ए र अपिहिमाल गाउँपालिकामा ४ सय २१ जना जुकाको औषधि र ४ सय ७९ जना भिटामिन ‘ए’ खाने बालबालिका रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

अभियानका लागी जिल्लाभरिका ३ सय ८० जना महिला स्वास्थ्य स्वयसेविकालाई परिचालन गरिने उहाँले बताउनुभयो ।

बाललबालीकाहरुलाई भिटामिन ‘ए’ खुवाएमा रतन्धो रोग, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण र छालाको रोगबाट जोगाउन सकिन्छ । सरकारले प्रत्येक ६/६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरिएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?