सिअहेव हरिकृष्ण जोशीले ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई दिए प्रोत्साहन भत्ता

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देबथली (बुङा) घर भइ महाकाली नगरपालिका वडा नम्बर ९ मा अवस्थित दत्तुु स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव हरिकृष्ण जोशीले आफनो व्यक्तिगत तलबबाट सोही स्वास्थ्य चौकीमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पोत्साहन भत्ता बितरण गरेका छन् ।

आइतवार (आज) महिला स्वयम् सेविकाहरुको मासिक बैठकमा १ सय रुपैयाँका दरले ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पोत्साहन भत्ता बितरण गरेका हुन् । बैशाख १७ गते महाकाली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ९ अन्र्तरगतका सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरु र दत्तु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई १ दिने क्षयरोग खोजपड्ताल कार्यक्रम सञ्चालन गरिएको थियो ।

सोही कार्यक्रममा सिअहेव जोशीले समुदायमा रोग पालेर बसिरहेका क्षयरोगीहरु पत्ता लगाइ रोग सर्ने दर कम गर्न, बिरामीदर कम गर्न तथा क्षयरोग नियन्त्रण तथा शुन्य अवस्थामा राख्न बैशाख १९ गते एक्स–रे को माध्यमबाट क्षयरोग शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट २ सय २७ जनाले सेवा लिएका थिए । सोही कार्यक्रममा बिरामी पत्ता लगाउने तथा शिविरमा सहयोग गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई  प्रतिव्यक्ति एक सय रुपैयाँका दरले पोत्साहन भत्ता उपलब्ध गराउने जोशीले घोषणा गरेका थिए ।

जसअनुसार आज ९ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई पोत्साहन भत्ता उपलब्ध गराएको बताइएको छ । ग्रामिण क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुको मनोवल बढाउन आफनो व्यक्तिगत तलबबाट प्रोत्साहन भत्ता उपलब्ध गराएको जोशीले बताउनुभयो ।

विगत ११ वर्षबाट स्वास्थ्य क्षेत्रमा कार्यरत सिनियर अहेव जोशी २०७१ सालबाट २०७६ सालसम्म जिल्ला अस्पताल दार्चुला तथा २०७६ सालबाट हालसम्म दत्तु स्वास्थ्य चौकीमा कार्यरत रहेका छन् ।

जोशी २०८१ साल चैत्र ७ गते १३ औँ ग्रामीण स्वास्थ्यकर्मीहरुको राष्ट्रिय सम्मेलनबाट अधिराज्यकै ५ औँ उत्कृष्ट स्वास्यकर्मीको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलबाट सम्मानित एंव पुरस्कृत हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?