शैल्यशिखर-३ को लुइटा आधारभूत स्वास्थ्य केन्द्रमा क्षयरोग खोजपड्ताल शिविर सम्पन्न

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ मा अवस्थित लुइटा आधारभूत स्वास्थ्य केन्द्रमा क्षयरोग खोजपड्ताल शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय दार्चुला र शैल्यशिखर नगरपालिकाको सयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको शैल्यशिखर नगरपालिकाका जनस्वास्थ्य अधिकृत शिब दत्त जोशीले जानकारी दिनुभयो । शिविरमा कुल २ सय १५ जनाको एआइ जडिट डिजिटल एक्स–रे माध्यमबाट जाँच गरिएकोमा २२ जनाको खकारको नमुना संकलन गरि जिल्ला अस्पताल दार्चुलामा पठाइएको उहाँले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बिरेन्द्र प्रशाद भट्ट, डाक्टर राजीव अवस्थी, रेडियोग्राफर पारशमणी जोशी, ल्याब असिष्टेन्ट दिपक राज बिष्ट, शैल्यशिखर नगरपालिकाका जनस्वास्थ्य अधिकृत शिब दत्त जोशी,सिअहेव जगदीश पाण्डेय, लुइटा आधारभूत स्वास्थ्य चौकीका प्रमुख लोकेन्द्र बहादुर चन्द लगायत सरोकारवालाहरुको उपस्थिति रहेका थियो ।

त्यस्तै भोली वडा नम्बर ५ को ओखडाइनी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?