आज विश्व थाइराइड दिवस नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदै

दार्चुला । आज विश्व थाइराइड दिवस नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष मे २५ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । ‘थाइराइड समस्यामा रोकथाम र समयमै पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।हर्मोन ग्रन्थीबाट हुने थाइराइडबाट नेपालमा कुल जनसङ्ख्यामध्ये झन्डै १२ प्रतिशत पीडित रहेको अनुमान छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा थाइराइड नौ जना महिलालाई हुँदा एक जना पुरुषलाई हुने गरेको छ ।डाक्टरका अनुसार ५० प्रतिशत मानिसलाई थाइराइड भए पनि लक्षण पत्ता लाग्दैन । तर पुरुषको तुलनामा महिलालाई बढी हुने गरेको छ ।

थाइराइड रोग विशेषज्ञ डा।भोजराज अघिकारीले पुरुषभन्दा महिलामा १० गुणा बढी थाइराइड देखिने गरेको जानकारी दिनुभयो ।विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा थाइराइडबाट पीडित बिरामी ३० करोडको हाराहारीमा पुगेका छन् ।थाइराइड दुई किसिमको हुन्छ, जसलाई हाइपो र हाइपर थाइराइड भनिन्छ । हाइपो थाइराइड ग्रन्थी कमीको रोग हो भने हाइपर थाइराइड ग्रन्थी बढी हुने रोग हो । बढी थकाइ लाग्ने, शरीर सुन्निने, फुल्ने, निद्रा बढी लाग्ने समस्या हाइपो थाइराइडमा हुन्छ ।

यस्तै छाला फुस्रो हुने, नङ भाँचिने, कपाल झर्ने जस्ता समस्या पनि हाइपो थाइराइडमा देखिन्छ । महिलामा महिनावारी गडबढी हुने, चिटचिट पसिना आउने जस्ता लक्षण देखा पर्छ । तर हइपरको मुख्य लक्षणमा मुटुको धड्कन बढी हुने, तौल घट्नेजस्ता समस्यासमेत देखा पर्छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?