दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ। वडा भित्रका खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि वडालाई आईतबार ‘स्थानीय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।
नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्र १५ महिना मुनीका सबै बालबालिकाले लगाएको पुष्टि भएपछि आधारभुत स्वास्थ्य केन्द्र तेलिगाउँको आयोजनामा वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको स्वाथ्यकर्मी पुरुषोत्तम जोशीले जानकारी दिनुभयो ।
खोप तालिका अनुसार सबै बालबालिकाले लगाए नलगाएको भनेर १६ देखि ५९ महिनासम्मका बालबालिकाको खोप अवस्थाको पहिचान गर्ने र छुटेको भेटिएका बालबालिकालाई खोपको सबै मात्रा लगाएर पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया