बैतडीको पुर्चौडी नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता” भन्ने नारासहित खोप नगरस्तरिय समन्वय समितिले पुर्चौडीलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

पाँच वर्षमुनिका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप एकिन भैसकेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख विनोद कुमार कुवँरले जानकारी दिए । यसअघि नगरपालिकाका १० ओटै वडाहरुलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको थियो ।

बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ । यस्तै नगरपालिकाले १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयसेविकाहरुलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख कुवँरले बताए । पूर्ण खोप सुनिश्तिता तथा दिगोपना पालिका घोषणा गर्नमा महत्वपुर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पूर्णखोप सुनिश्चित तथा दिगोपनाका लागि हरेक वर्ष राष्ट्रिय खोप तालिका अनुसार पाँच वर्षमुनिका बालबालिकाहरुले खोप पाए नपाएको एकिन गर्न घरधुरी सर्वेक्षण गर्दै आएको छ।

कार्यक्रममा नगरप्रमुख दीपक बहादुर बम, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशी, १० वटै वडाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?