बैतडीको दोगडाकेदार गाउँपालिका पुर्ण संस्थागत सुत्केरी घोषणा

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ ।

मंगलवार आज नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले तयार पारेको सूचक अनुसार गाउँपालिकाका सबै वडाहरु पुर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेको र आज गाउँपालिकालाई पनी पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो।

गाउँपालिकाको सूचक प्रोटोकल अनुसार गर्भवती जाँच, टिटि खोप र आइरन चक्कीको नियमितता, सुत्केरी पछि आमा र बच्चाको जाँच लगायतका सूचकहरु पुर्ण भइसकेपछि गाउँपालिकालाई पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?