बैतडीमा खानेपानीका मुहानमा कोलिफर्म भेटियो

दार्चुला । बैतडीमा खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका शिवनाथ गाउँपालिका बाहेकका बिभिन्न स्थानबाट जाँचका लागि नमूना संकलन गरि परीक्षण गर्दा ३८ मुहानमा कोलिर्फम भेटिएको हो ।

स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमीत प्रयोग भैरहने १६४ खानेपानीका मुहानबाट नमुना संकलन गरेको थियो । ति मध्ये २३ दशमलव १७ प्रतिशत पानी अयोग्य रहेको ल्याब असिस्टेन्ट धर्मान्नद बडूले बताउनुभयो । सबैभन्दा धेरै पुर्चौडी नगरपालिकाका खानेपानीका मुहान दुषित रहेको पाइएको छ । ३२ ओटा नमूना संकलन गरी परीक्षण गर्दा १५ मा कोलिफर्म भेटिएको हो । पाटनमा १३ मध्ये ९, सिगासबाट १५ ओटा नमूना संकलन गरि परीक्षण गर्दा ७ मुहानमा कोलिफर्म भेटिएको छ । यसैगरि दशरथचन्दमा ४ मध्ये १, दोगडाकेदारमा २१ मध्ये १, डिलासैनीमा ६ मध्ये १, पञ्चेश्वरमा १६ मध्ये १, मेलौलीमा ३७ मध्ये २ र सुर्नयमा २० मध्ये १ मा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परिक्षण गर्दा दिसामा हुने किटाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याव टेक्नीसियन निरीक्षक जय सिंह बडालले बताउनुभयो। खानेपानीका मुहानको सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहान मिसीने गइ दुषित हुने उहाँले बताउनुभयो । उपभोक्ता स्वच्छ पानी पुर्याउन स्थानीय तहहरुलाई पनि खानेपानी सुरक्षा योजना लागू गर्न भनिएको छ । खानेपानीका मुहान तथा धाराहरु सफा गर्न सुझाव पठाइएको ल्याव टेक्नीसियन निरीक्षक बडालले बताउनुभएको छ ।

पानीको मुहान, इन्टेक र धाराहरूलाई नियमित सरसफाइ गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टल बताएका छन् । दुषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आउ जस्ता विभिन्न सरुवाको रोगको संक्रमण बढ्ने भएकाले उमालेर तथा फिल्टर गरेर मात्रै खान आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?