एक बर्षमा दार्चुलाका ७३ जनामा डेंगी संक्रमण

दार्चुला । दार्चुलामा गत आर्थिक बर्ष २०८१÷०८२ मा ७३ जनामा डेंगी संक्रमण देखिएको स्वाथ्य कार्यालय दार्चुलाले जनाएको छ । खासगरी तराईका जिल्लामा हुने डेंगीले पछिल्लो समय हिमाली तथा पहाडी जिल्लामा समेत महामारीको रुप लिन थालेको छ ।

दार्चुलामा गत आर्थिक बर्षमा ७३ जनामा डेंगी पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी गौरसिंह कार्कीले बताउनुभयो । गत बर्ष जिल्लाका ५ वटा स्थानीय तहका ७३ जनामा डेंगी संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमा जिल्लाको महाकाली नगरपालिकामा सबैभन्दा बढी ३९ जनामा डेंगी पुष्टि भएको जिल्ला स्वाथ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र भट्टले बताउनुभयो । महाकालीमा ३ जनामा बैशाख यता संक्रम पुष्टि भएको छ। त्यस्तै शैल्यशिखर नगरपालिकामा २३ जनामा, मालिकार्जुन गाउँपालिकाका ९ जनामा र लेकम गाउँपालिकाका २ जनामा डेंगी संक्रमण देखिएको सूचना अधिकारी कार्र्कीले बताउनुभयो ।

जिल्लामा आर्थिक बर्ष २०८०÷०८१मा १ सय ३४ जनामा र आर्थिक बर्ष २०७९÷०८०मा ३६ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ।

विशेष गरि डेंगीको संक्रमण बर्खायाममा बढी देखिने गरेको छ। डेंगी रोग जुनसुकै उमेर समूहका मानिसहरुलाई लाग्ने भएकाले सचेतना अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पुरै दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, पखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने आदि डेंगीका लक्षण हुन् ।

यसबाट बच्न घर वरपर पानी जम्न नदिइ सफा राख्ने, शरीर ढाक्ने लुगा लगाउने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, बिहान, दिउँसो र राति जुनसुकै बेला झुल लगाएर मात्रै सुत्ने गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?