दार्चुलामा पछिल्लो ३ बर्षमा २७ नवजात शिशुको मृत्यु

दार्चुला । दार्चुलामा पछिल्लो ३ बर्षमा २७ नवजात शिशुको मृत्युभएको छ। जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार पछिल्लो ३ बर्ष (आर्थिक बर्ष २०७९/०८० देखि गत आर्थिक बर्ष २०८१/०८२) मा जिल्लाका ८ स्थानीय तहमा २७ नवजात शिशुको मृत्यु भएको छ ।

मार्मा गाउँपालिका भने पछिल्लो ३ बर्षमा कुनै पनि नवजात शिशुको मृत्यु भएको तथ्याङ्क नरहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्लामा गत आर्थिक बर्ष २०८१/०८२ मा ९ जना नवजात शिशुको मृत्यु भएको छ। गत आर्थिक बर्ष २०८१/०८२ मा जिल्लाको महाकाली नगरपालिकामा सबैभन्दा बढी ३ जना नवजात शिशुको मृत्यु भएको छ।

त्यस्तै मालिकार्जुन गाउँपालिकामा २ जनाको, दुहुँ, अपिहिमाल र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा १-१ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्लामा आर्थिक बर्ष २०७९/०८० मा ६ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ । उक्त बर्ष जिल्लाको व्याँस गाउँपालिका, नौगाड गाउँपालिका, अपिहिमाल गाउँपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा १-१ जना नवजात शिशुको मृत्यु भएको थियो ।

त्यस्तै आर्थिक बर्ष २०८०/०८१ मा जिल्लामा पछिल्लो ३ बर्षको सबै भन्दा बढी १२ जना नवजात शिशुको मृत्यु भएको छ ।

उक्त बर्ष जिल्लाको नौगाड गाउँपालिका र लेकम गाउँपालिकामा ३-३ जना, महाकाली नगरपालिकामा २ जना र दुहुँ, अपिहिमाल, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा १-१ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनुभयो ।

स्थानीय तहअनुसार पछिल्लो ३ बर्षको तथ्याङ्क अनुसार महाकाली नगरपालिका र लेकम गाउँपालिकामा ५-५ जना नवजात शिशुको मृत्यु भएको छ।

त्यस्तै मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिकामा ४-४ जना, शैल्यशिखर नगरपालिका र अपिहिमाल गाउँपालिकामा ३-३ जना, दुहुँ गाउँपालिकामा २ र जिल्लाकै दुर्गम व्याँस गाउँपालिकामा १ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ।

यस अवधिमा मातृमृत्युको एक घट्ना मात्रै रहेको छ । पछिल्लो ३ बर्ष अपिहिमाल गाउँपालिकामा एक जना सुत्केरीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?