दार्चुलाको गोकुलेश्वर अस्पतालमा लामो समय देखि बन्द रहेको अल्ट्रासाउण्ड सेवा सुचारु

दार्चुला । दार्चुलाको गोकुलेश्वर अस्पतालमा मेसिन बिग्रिएर बन्द भएको अल्ट्रासाउण्ड सेवा पुनः सञ्चालनमा आएको छ। शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर अस्पतालमा अल्ट्रासाउण्ड मेसिन बिग्रीए पछि झन्डै ६ महिना देखि अल्ट्रासाउण्ड सेवा बन्द भएको थियो । अहिले पनि गर्भवती महिलाहरूले मात्रै अल्ट्रासाउन्ड सेवा पाउने छन् ।

प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रले अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराए संगै आइतबार (आज) बाट नियमित अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको अस्पतालका सूचना अधिकारी जगदिश पाण्डेयले बताउनुभयो ।

लामो समय देखि अस्पतालमा अल्ट्रासाउण्ड सेवा बन्द हुँदा चेकजाँचका लागि आउने गर्भवती र बिरामी समस्यामा परेका थिए । अबदेखि अस्पतालमा नियमित रुपमै अल्ट्रासाउण्ड सेवा दिईने उहाँले बताउनुभयो ।

यस अघि अस्पताल संग भएको अल्ट्रासाउण्ड मेसिन बिग्रिएपछि लामो समय देखि अस्पतालमा अल्ट्रासाउण्ड सेवा बन्द रहेको थियो । अस्पतालबाट बिग्रनुअघि दैनिक ४०–६० जना सम्मलाई अल्ट्रासाउण्ड सेवा दिईरहेको उहाँले बताउनुभयो । अस्पतालमा अल्ट्रासाउण्ड सेवा बन्द भएपछि सेवाग्राहीले महंगो शुल्क तिरेर निजी अस्पतालबाट सेवा लिनुपर्ने बाध्यता छ । ठूलो सेवा क्षेत्र भएपनि गोकुलेश्वर अस्पतालमा आधारभूत स्वास्थ्य सेवाको समेत अभाव हुने गरेकोले व्यवस्थापनमा सरोकारवालाहरूले गम्भीर ध्यान दिनु आवश्यक रहेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?