दार्चुलाको नौगाड स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट पालिका घोषित

दार्चुला । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले तयार पारेको “स्थानीय तहहरूको मूल्याङ्कन मापदण्ड, २०८२÷८३” अनुसार दार्चुलाको नौगाड गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जिल्लामै उत्कृष्ट अंक प्राप्त गरेको छ । स्वास्थ्य कार्यालय दार्चुलाले शुक्रबार सदरमुकाम खलङ्गामा आयोजना गरेको जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा नौगाड गाउँपालिकाले ८९.५ अंक प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट भएको हो ।

स्वास्थ्यका विभिन्न सूचकहरु, स्वास्थ्य सेवा प्रवाह, व्यवस्थापन, सूचना व्यवस्थापन, वित्तीय व्यवस्थापन, प्रस्तुतिकरण र असल अभ्यासका आधारमा नौगाड गाउँपालिका उत्कृष्ट ठहरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

गाउँपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा सुधार र विस्तारका क्षेत्रमा काम गर्दै आएको गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले बताउनुभयो । गाउँपालिकाका दुर्गम क्षेत्रमा सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्य संस्था संञ्चालन र कर्मचारी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले आफ्नै स्रोतमा आधारभूत अस्पताल सञ्चालन गर्दै प्रसूति तथा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरेको छ । डाक्टर नियुक्ति र आवश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्थापन पनि पालिकाकै स्रोतबाट गरिएको अध्यक्ष धामीले बताउनुभयो ।

चालू आर्थिक वर्ष २०८२÷८३ भित्र आधारभूत अस्पताललाई नेपाल सरकारबाट औपचारिक स्वीकृति दिलाउने प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । होपरीगाडमा सञ्चालनमा रहेको अस्पतालमा एक्सरे लगायतका उपकरण र जनशक्ति थप गरी विमित अस्पतालको स्वीकृतिका लागि पहल भइरहेको धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?