दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली, कोटमा नेपाल टेलिकमको फोर-जी टावर सञ्चालनमा आएको छ । त्यस क्षेत्रको नेतवर्क समस्या समाधानको लागि सर्माेली, कोटमा २० मिटरको टावरमा १८ सय मेगाहर्जको रेडियो सिस्टम जडान गरि सोमबार दिउँसोबाट फोर-जी सेवा सञ्चालन भएको नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।

उक्त टावरले लेकमको गराडी, पिपलकोट, बैतडीको पन्ज्युनयाँ लगायतका ठाउँहरुको नेटवर्क समस्या समाधान हुने गुरुङले बताउनुभयो ।

यस अघि फोन नलाग्ने तथा इन्टरनेट नचल्ने समस्य झेल्दै आएकोमा त्यस क्षेत्रका स्थानीयले टावर सञ्चालनमा आए संगै खुसी व्यक्त गरेका छन् । इन्टरनेट चलाउन र फोन गर्न समेत निकै समस्या रहेकोमा टावर सञ्चालन भए पछि खुसी लागेको सर्मोलीका स्थानीय गणेश विष्टले बताउनुभयो । साथै टावर सञ्चालनको पहल गर्नुहुने टेलिकम प्रमुख गुरुङसहित सबैलाई स्थानीयले धन्यवाद ज्ञापन गरेका छन् ।

दार्चुलामा ४९ टावर सञ्चालन

यस संगै दार्चुलामा नेपाल टेलिकमका ४९ वटा टावरहरु सञ्चालनमा आएका छन् । अहिले सञ्चालनमा रहेका महाकाली नगरपालिका वडा नम्बर ६ निशिलमा थ्री-जी र व्याँस गाउँपालिका १ टिंकर रहेको टावरम टु-जी सेवा सञ्चालन भइरहेको छ, भने रिपिटर बाहेकका अन्य सबै टावरमा फोर-जी सेवा सञ्चालनमा रहेको गुरुङले बताउनुभयो ।

जिल्लाभरी सञ्चालनमा रहेका टावरहरुमध्ये ९० प्रतिशतमा विद्युतिकरणको सुविधा रहेको छ । दार्चुलामा प्रयोगकर्ताहरुको संख्या बढदै गएपछी अहिले विभिन्न क्षेत्रमा टावर थप्ने कार्य भइरहेको छ । यस अघि कार्तिकमा मालिकार्जुनको सुङ्गरखालीमा टावर जडान गरिएको थियो । अहिले नौगाड १ नागु, मानाकोट र मार्माको गुल्जरमा टावर जडानको लागी सर्वे भइसकेको उहाँले बताउनुभयो । त्यस्तै महाकालीको रेवली र मालिकार्जुनको उकूमा टावर निर्माण प्रक्रिया अगाडी बढाइएको छ भने दुहुँमा टावर निर्माणको लागि तयारी भइरहेको छ । त्यस्तै हाल सञ्चालनमा रहेको एक मात्रै थ्री-जी टावर महाकाली ६ निसिलमा पनि फो-जी स्टिम राख्ने तयारी भइरहेको गुरुङले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न टावरको क्षमता थप गरी सेवा सुधार गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?