मालिकार्जुनमा सञ्चालित महायज्ञमा जाने नौगाडवासीका लागि दुई दिन निःशुल्क बस सेवा

दार्चुला। राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुनमा सञ्चालन भइरहेको शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सवमा सहभागी हुन नौगाड गाउँपालिकाका नागरिकका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने भएको छ।

गाउँपालिकाले महायज्ञमा सहभागी हुन इच्छुक स्थानीय नागरिकलाई लक्षित गर्दै दुई दिन निःशुल्क गाउँबस सेवा सञ्चालन गर्न लागेको हो।

जिल्लाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुनमा माघ २२ गतेदेखि शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव २०८२ सञ्चालन भइरहेको छ। उक्त महायज्ञमा सरिक हुन चाहने नौगाड गाउँपालिकावासीका लागि फागुन १ र २ गते नौगाडबाट मालिकार्जुनसम्म निःशुल्क बस सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले जानकारी दिनुभयो।

उहाँका अनुसार फागुन १ गते बिहान ९ बजे गाउँपालिकाको खारबाट र फागुन २ गते शौकेबगडबाट मालिकार्जुनका लागि बस छुट्नेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?