चुनावमा प्रेम आलेको पैसा खाने काँग्रेसका ५७ जना नेता को–को हुन्?

दार्चुला । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ का ५७ जना काँग्रेसीले प्रेम आलेबाट पैसा लिएको तथ्य सार्वजनिक भएको छ।

नेपाली काँग्रेसबाट कैलाली–५ मा उम्मेदवार बनेका नरनारायण शाहले नै ५७ जना काँग्रेसका नेताहरूले प्रेम आलेबाट रकम बुझेको बताएका हुन्। एक मिडियासँग कुराकानी गर्दै शाहले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेले नै आफूलाई भेटेर पैसा बुझ्ने ५७ जनाको नामावली नै दिएको दाबी गरेका छन्। शाहले नेतृत्व तहमै बसेका नेताहरू आलेबाट पैसा बुझेको बताएका छन्।

तर शाहले क–कसले पैसा बुझेका हुन् भन्ने कुरा भनेका खुलाएका छैनन्। कुराकानीको क्रममा चुनावमा पैसाको चलखेल भएको प्रसंगमा शाहलाई नै भेटेर आलेले पैसा खाने काँग्रेसीको लिष्ट बुझाएको दाबी गरिएको छ। तर कुन नेताले कति रकम बुझे भनेर थप खुलाइएको छैन। शाहले आलेबाट रकम बुझ्ने नेताहरूको नाम सार्वजनिक गरे पार्टी नै नरहने अवस्था आउने बताएका छन्।

आलेबाट ५७ जना काँग्रेस नेताहरूले चुनावको बेला रकम खाएको विषय सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जाल तातेको छ। सामाजिक सञ्जालमा रकम बुझ्ने काँग्रेसीहरू को–को हुन? भन्दै प्रश्न गरिएको छ। कैलाली–५ मा काँग्रेसबाट उम्मेदवार बनाएका शाह रास्वपाका उम्मेदवारसँग पराजित भएका थिए। प्रेमबहादुर आले भने तेस्रो भएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?