अमेरिका र इरानबीच हर्मुज जलमार्गमा फेरि तनाव बढेको छ । दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानाहान भएसँगै तनाव बढेको हो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दाबी गर्नुभएको छ ।

इरानका उच्च सैन्य कमान्डरले अमेरिकाले युद्धविराम उल्लङ्घन गरी आक्रमण गरेको बताउनुभएको छ । आफूहरूले प्रतिरक्षाका लागि प्रतिआक्रमण गरेको उहाँको दाबी छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको समुद्री एजेन्सी आईएमओका महासचिव आर्सेनियो डोमिन्गेजले हर्मुज सङ्कटका कारण खाडी क्षेत्रमा झण्डै एक हजार ५०० जहाज फसेको जानकारी दिनुभएको छ । बुधबार मात्रै इरान–अमेरिकाबीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड अर्थात् (कच्चा तेल) को भाउ ११ प्रतिशतले घटेको थियो ।

अर्को दिन बिहीबार राति दुई देशका सेनाबीच हर्मुज जलमार्गमा गोली हानाहान भएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?