दार्चुला । काँग्रेस अछाम सभापतिमा पुष्पबहादुर शाह निर्वाचित भएका छन्। शाहले ७७९ मत ल्यायर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्व भरत स्वाँरल ७११ मत ल्याएका हुन्।अछाम जिल्ला सभापति पदका लागि दोस्रो चरणको मतदान भएको थियो।
पहिलो चरणमा कुनै पनि उम्मेद्वारीले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनावी प्रक्रियामा गएको थियो।
पहिलो चरणमा वर्तमान सभापति भरत कुमार स्वाँर, पूर्व पार्टी सभापति पुष्पबहादुर शाह र नेपाल विद्यार्थी संघ अछामका पूर्व अध्यक्ष समेत रहेका काँग्रेस महासमिति सदस्य राजन कुँवर चुनावी मैदानमा उत्रिएका थिए।
कुँवरले दोस्रो चरणमा चुनावी प्रक्रियामा वर्तमान सभापति भरतकुमार स्वारलाई सहयोग गरेका थिए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया