ट्याक्टर दुर्घटना अपडेटः ५ को मृत्यु, ३ जना घाइते

दार्चुला । अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकका अनुसार सोमबार बिहान पौने १० बजे मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो।

सु.प्र.०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा तीन जना घाइते छन्। उनीहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ।

‘पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ, तीन जनाको उपचारका लागि अस्पताल पठाइएको छ,’ उहाँले भन्नुभयो । यसअघि प्रारम्भीक समाचारमा चार जनाको मृत्युको खबर आएको थियो ।

मृतकको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर साँफेबगरतर्फ जाँदै थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?