विहिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सशस्त्र प्रहरी बल ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका गणपती एसपी नरेन्द्र बम कोरोना संक्रमित हुनुभएको छ ।

बिहिबार आएको रिपोर्टमा दार्चुलाका एसपी बमसहित सशस्त्र प्रहरी बलका १४ जना सुरक्षाकर्मी कोरोना संक्रमित भएका हुन्।

संक्रमित हुनेमा डिएपी जगत डाँगा समेत रहेको जनाइएको छ ।

संक्रमण पुष्टि भएपनि एसपी बमले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ । यसअघि ४४ नम्बर गणकै ४५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो।

यसैबिच देशभरी नै नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । जनताको सुरक्षामा जोखिमयुक्त स्थानमा समेत परिचालन हुनुपर्ने भएकोले सुरक्षाकर्मीमा संक्रमणको जोखिम अरु नागरिक भन्दा बढी रहेको पाइन्छ ।

संक्रमणकै जोखिमका बिच सुरक्षाकर्मीको सरुवा गर्ने र सरुवा भएका कर्मीचारी घरमा समेत पुगेर कार्यस्थल पुग्ने गरेकोले कोरोना फैलिदै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

विहिबार दार्चुलामा १४ सशस्त्र प्रहरी सहित खलंगाका ३८ जनामा संक्रमण पुष्टि भएको थियो । यो संगै जिल्लामा संक्रमितको संख्या १९१ पुगेको छ ।

जिल्ला सदरमुकाममा कोरोना थप फैलिन नदिन महाकाली नगरपालिका वडा नम्बर ४ को सम्पूर्ण क्षेत्र र वडा नम्बर ५ को बजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले अर्को सूचना नहुदासम्मका लागि निशेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?