दार्चुलामा शुक्रबार तीन जनामा कोराना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा महाकाली नगरपालिकाका थप तीन जनामा कोरोना पुष्टि भएको हो ।
तीनै जना संक्रमित सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलामा कार्यरत सुरक्षाकर्मी रहेका छन् । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या एक सय ९४ पुगेको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सशस्त्र प्रहरी बल ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका गणपती एसपी नरेन्द्र बम कोरोना संक्रमित हुनुभएको छ । बिहिबार आएको रिपोर्टमा दार्चुलाका एसपी बमसहित सशस्त्र प्रहरी बलका १४ जना सुरक्षाकर्मी कोरोना संक्रमित भएका हुन्।
संक्रमित हुनेमा डिएपी जगत डाँगा समेत रहेको जनाइएको छ । संक्रमण पुष्टि भएपनि एसपी बमले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ । यसअघि ४४ नम्बर गणकै ४५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो।
यसैबिच देशभरी नै नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । जनताको सुरक्षामा जोखिमयुक्त स्थानमा समेत परिचालन हुनुपर्ने भएकोले सुरक्षाकर्मीमा संक्रमणको जोखिम अरु नागरिक भन्दा बढी रहेको पाइन्छ । संक्रमणकै जोखिमका बिच सुरक्षाकर्मीको सरुवा गर्ने र सरुवा भएका कर्मीचारी घरमा समेत पुगेर कार्यस्थल पुग्ने गरेकोले कोरोना फैलिदै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
संक्रमण बढेपछि दार्चुला सदरमुकाम क्षेत्रमा निषेधाज्ञा
महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा संक्रमित बढ्दै गएकोले संक्रमणको जोखिम समुदायमा थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नगरपालिका वडा नम्बर ४ को सम्पूर्ण क्षेत्र र वडा नम्बर ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
महाकाली नगरपालिकाको सिफारिसमा असोज २९ गते विहिवार बेलुकी ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निशेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ज्वोत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै अत्यावश्यक सेवा डेरी, तरकारी तथा फलफुल र खाद्य सामाग्री २०७७ साल असोज ३० गते विहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुल्ला रहने तथा औषधी पसल २४ सैँ घण्टा खुल्ला सहन सक्ने र तोकिएको समय बाहेक अन्य समयमा कुनै पनि किसिमको आवतजावत गर्न नपाउने गरी निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
निशेधाज्ञा अवधिभर अस्पताल, औषधी पसल लगायत अन्य स्वास्थ्य सम्बन्धि निकाय र सुरक्षा निकाय बाहेक अन्य कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कार्तिक २ गतेदेखि बन्द गर्ने निर्णय गरिएको छ ।
निशेधाज्ञाको उल्लङघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
संक्रमण बढेपछि दार्चुला सदरमुकाम क्षेत्रमा निषेधाज्ञा (आदेश पत्रसहित)
दार्चुला सदरमुकाममा फैलिदै कोरोना, खलंगामा ३८ जना संक्रमित थपिए
सशस्त्र प्रहरी दार्चुला गणका एसपी र डिएसपीमा कोरोना संक्रमण पुष्टि






प्रतिक्रिया