नेपालमा काेराेना संक्रमित ३ जनाकाे मृत्यु, संक्रमितकाे संख्या ४ सय ४४ पुग्याे

दार्चुला । गुल्मीका भेन्टिलेटरमा उपचाररत एक पुरुषकाे काेराेना संक्रमका कारण मृत्यु भएकाे छ । पेशाले शिक्षक रहेका उहाँकाे हिजाे नै मृत्यु भएकाे खबर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अाएपनि बिहिबार बिहान मात्रै मृत्यु भएकाे हाे ।

यसैबिच थप १७ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ४४ पुगेको छ । झापा, धनकुटा र सुनसरी जिल्लाका नागरिकमा कोरोना देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार  झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना सङ्क्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुष रहेको पनि उहाँले बताउनुभयो ।

धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको  अधिकारीले बताउनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?