दार्चुला । भारतमा अब सोसल मिडिया कम्पनीहरूलाई नोटिस प्राप्त भएको तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट आफ्नो प्लेटफर्मबाट हटाउनुपर्ने नियम जारी भएको छ ।

भारत सरकारले मंगलबार, कुनै पनि सोसल मिडिया कम्पनीहरूलाई नोटिस प्राप्त भएपछि उक्त अवधिभित्र गैरकानुनी कन्टेन्ट आफ्नो प्लेटफर्मबाट हटाइ सक्नुपर्ने बताएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार, भारतको आईटी नियमहरूमा भएको संशोधनका कारण यो व्यवस्था लागु हुनेछ । नयाँ नियमहरू २० फेब्रुअरीबाट लागु हुनेछन् ।

हालका लागि, कन्टेन्ट हटाउन सोसल मिडिया कम्पनीहरूलाई ३६ घण्टाको समयसीमा दिइने गरेको थियो । यो समयसीमा घटेर तीन घण्टा हुनुले मेटा, युट्युब र एक्सजस्ता कम्पनीहरूलाई यसको पालना गर्न चुनौतीपूर्ण हुनसक्छ ।
एक्सजस्ता कम्पनीहरूले पहिल्यै कन्टेन्ट हटाउने आदेशको प्रक्रियालाई अदालतमा चुनौती दिइसकेका छन् ।

भारतको आईटी नियमहरूले सरकारलाई विभिन्न कानुनहरूअन्तर्गत राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था र यौन अपराधसँग सम्बन्धित सामग्रीलाई गैरकानुनी ठहर गरी हटाउने आदेश दिने अधिकार प्रदान गर्छन् ।

विभिन्न पारदर्शिता रिपोर्टहरूका अनुसार, विगतका केही वर्षहरूमा भारत सरकारले कन्टेन्ट हटाउन हजारौँ आदेशहरू जारी गरिसकेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?