आम दुँहुबासीमा हार्दिक अपिल

स्थानीय सरकार जनताको जिविका संग प्रत्यक्ष सरोकार राख्ने वास्तविक अभिभावक हो । दार्चुलास्थित हाम्रो दुँहु गाउँपालिकामा एकदलीय सरकार भएको यहाँहरुलाई सर्वविदितै छ । दुहु सरकारले आफ्नो कार्यकालको दुईतिहाई अर्थात ३.५ वर्ष पूरा गरिसकेको छ ।

दुँहु गाउँ कार्यपालिका-गाउँसभामा स्थानीय सरकारका कमिकमजोरी, गलत कार्यहरुको विरोध गर्ने प्रतिपक्षीको समेत उपस्थिति नभएको स्थिति छ । त्यस्तो परिप्रेक्ष्यमा गाउँपालिका भित्रका आम बुद्धिजिवी, सामाजिक व्यक्तित्व एवं सम्पुर्ण दुहुबासीहरुले आफ्नो स्थानीय सरकारको मुल्यांकन गर्नुपर्ने हुन्छ ।

जहाँ एकदलीय सरकार छ त्यहाँ निरंकुशता हाबी हुन्छ । प्रतिपक्षी दलविनाको स्थानीय सरकारका कमिकमजोरी औल्याउँदै सरकारलाई झक्झ्क्याउने दायित्व आम जनसमुदायको हुन आउँछ । एकदलीय सरकार स्वेच्छाचारी हुनबाट रोक्न र सहि मार्गमा ल्याउन आम बुद्धिजिबी र सञ्चारमाध्यमहरुको ठुलो भूमिका रहन्छ ।

तपाई हामीजस्ता बुद्धिजिवीहरु दुँहु गाउँपालिकाभित्र भएको अनियमिता, नातावाद, पार्टीवाद, भ्रष्टाचार, वा अपारदर्शीताको साक्षी बन्नु हुँदैन । अहिले हामीले स्थानीय सरकारलाई खबरदारी गराएनौ भने भोलीको पीढीले हामीलाई नै धिक्कार्नेछ । तसर्थ, हाम्रो स्थानीय सरकारप्रती कुनै प्रश्न, गुनासो वा दुँहु सरकारका कमि कमजोरी, अनियमितता, अपारदर्शीता, भ्रष्टाचारजन्य, नातावाद, कृपावाद वा जुनसुकै विषय भए जानकारी गराउनुहोला । हामी आवाजविहिनहरुको आवाज बन्ने पर्यत्न गर्दै दुँहु सरकारलाई झझ्क्याउने छौ, सरकारलाई सही मार्गमा हिड्न सहयोग गर्नेछौं ।

वर्तमान २१ औं शताब्दीमा सरकार चाहे संघीय होस् वा स्थानीय, त्यो जनताको सेवक हो शासक होइन । जनताको लागि जुनसुकै सरकारविरुद्ध सडक, मिडिया,  प्रशासन, अड्डा, अख्तियार वा सर्वोच्च अदालत वा अन्तर्राष्ट्रिय अदालत नै जहाँ जानु परेपनि पछि हट्ने छैन ।

प्रदेश राजधानी सुर्खेत, कैलाली र बाके जस्ता विकसित क्षेत्र पिछडिएको क्षेत्रमा पार्ने तर हाम्रो दार्चुलाजस्तो अति विकट क्षेत्रलाई पिछडिएको क्षेत्रमा नपार्ने केन्द्र सरकारविरुद्द आम दार्चुलाबासीहरुको लागि म एक्लै सर्वोच्च अदालतमा मुद्दा लडिरहेको व्यहोरा सम्पुर्ण दुँहुबासीहरुमा अवगत गराउन चाहन्छु ।

लेखक कृष्ण महरा अधिवक्ता एबं स्तम्भकार हुन् ।

सम्बन्धित बिचार : दुँहु गाउँपालिका : कहाँ पुग्यो समृद्धिको यात्रा ?

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?